एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले म्यानचेस्टर सिटीविरुद्ध ४-३ को रोमाञ्चक जित निकालेको छ ।
बुधबार एलिएन्ज रंगशालामा सम्पन्न खेलको २८औं मिनेटमा लोरे सानेले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि सर्जी गिन्याब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
युनाइटेडका रास्मस होउन्डले ४९ औं मिनेटमा गोल गर्दै पाहुना टिमलाई २-१ को अवस्थामा ल्याएका थिए । ५४औं मिनेटमा ह्यारी केनकाे गोलमा बायर्नले अग्रतालाई ३-१ मा पुर्यायो ।
खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा कासिमिरोले गोल गर्दै युनाइटेडको खेलमा फर्किने आस कायम राखेका थिए । तर, इन्जुरी समयमा माथेयस टेलले गोल गर्दै बायर्नको अग्रतालाई ४-२ मा पुर्याएका थिए । इन्जुरी समयमा नै कासेमेरोले युनाइटेडका लागि तेस्रो गोल गरे पनि हार भने टार्न सकेनन् ।
जितसँगै तीन अंक जोडेको बायर्न तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको पहिलो खेलमै पराजित युनाइटेड तालिकाको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगनलाई हराउँदै युनाइटेड एफए कप फुटबलको चौथो चरणमा