काठमाडौ । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार बिहान सिंहदरबारमा वार्ता भएको छ।
विभिन्न शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै कार्यकक्षमा वार्ता भएको हो। पुन: वार्ता गर्नेगरी वार्ता सकिएको र वार्ता सकारात्मक भएको बताइएको छ।
वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री अशोक राईलगायत सहभागी थिए। वार्ता ८ बजेदेखि ९ बजेसम्म भएको थियो।
आन्दोलनरत शिक्षकका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु