काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुकेको बताएका छन् । सभापति लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका हुन् ।बुधबार रोल्पा पुगेका सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका र उनीहरुले समृद्धिको ढोका खोजिरहेको बताएका छन् ।
उनले भनेका छन् : ‘आज म, विगत ३ दशकको राजनीतिक उतार चढावमा सबै भन्दा पीडा भोगेको रोल्पामा छु । जनताले,राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् ।’ उनले संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको दाबी समेत गरेका छन् ।
यद्यपि संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको उनले बताएका छन् ।उनले लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै यो संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बनोस भन्दै सबैलाई संविधान दिवसको शुभकामना समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविलाई अदालत पुर्याइयो, कास्कीमा म्याद नथपिए रुपन्देही लगिने
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो
सहकारी सकियो,अब विषय गोर्खा मिडियातिर जान्छ, प्रमाण होइन प्रणाम छः रवि लामिछाने
प्रधानमन्त्रीलाई गलत बाटो नरोज्न अनुरोध गरेँ : सभापति लामिछाने
एसिड आक्रमण पीडितहरूको न्यायको लागि प्रतिबद्ध छौँ : सभापति लामिछाने