काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन गर्ने भएको छ ।
शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।
महासंघले आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।
महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा
दलको सदस्यता त्याग्दै शिक्षक
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
मन्त्रीको निर्णयविरुद्ध शिक्षक महासंघ आन्दोलनको तयारीमा
फतुवा विजयपुरमा शिक्षकको आन्दोलन स्थगित