काङ्ग्रेसका शीर्ष नेताहरु अध्यादेशबारे छलफल गर्न शीतलनिवासमा

शुक्रबार, ०७ पुस २०७४, १५ : ५८
काङ्ग्रेसका शीर्ष नेताहरु अध्यादेशबारे छलफल गर्न शीतलनिवासमा

अध्यादेशबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले काङ्ग्रेस नेतासँग छलफल थालेकी छन् । राष्ट्रियसभा निर्वाचन अध्यादेशमा सहमति जुटाउन आज बसेको प्रमुख ५ दलको बैठक विना निश्कर्ष सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री लगायत काङ्ग्रेसका शीर्ष नेतालाई छलफलका लागि शीतलनिवास बोलाएकी हुन् ।

छलफल अहिले जारी छ । शीतलनिवासमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, काङ्ग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागि छन् ।
राष्ट्रपति भण्डारीका प्रेश सल्लाहकार माधव शर्माले पछिल्लो राजनीतिक गत्यावरोधबारे परामर्श गर्न राष्ट्रपतिले काङ्ग्रेस नेताहरुलाई बोलाएको बताए ।

प्रतिक्रिया दिनुहोस