काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण हुने भएको छ । विद्यार्थी मोर्चा भित्र रहेको समस्या समाधानका लागि भएको सहमतिअनुसार अब विद्यमान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय भएको हो । सोहीअनुसार यथाशिघ्र विधान सम्मेलन र राष्ट्रिय सम्मेलनको मिति तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादीका अनुसार आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने र विस्तार गर्दा २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रहेका र हाल केन्द्रीय समितिमा क्रियाशिल सदस्यहरुको एउटा तहलाई मापदण्ड मानी स्वतः बढुवा गर्ने निर्णय भएको छ । अध्यक्ष, उपाध्यक्षहरु र महासचिव रहेको कार्यालय टिम बनाउने निर्णयसहितको जानकारी मातहतका कमिटीमा सुर्कलरमार्फत दिइएको छ ।
आयोजक समिति सदस्य केही विस्तार गर्ने र यसो गर्दा २२ औं राष्ट्रिय सम्मेलनका सिनियर प्रतिनिधिहरु मध्यबाट समान स्तरको आधारमा छनौट गर्ने सहमति भएको छ । मातहतका कमिटीमा रहेका असमझदारी हटाउने र यसको लागि गृहकार्य गर्न एउटा कार्यदल बनाउने निर्णय पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा
ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत