रौतहट । प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ नियन्त्रणमा लिइ मरासन्न हुने गरी कुटपिट भएको घटना सार्बजनिक भएको छ ।
ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ प्रहरी हिरासतवाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो ।
फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चौक मृत्यु भए पछि पक्राउ परेका ट्रक चालकलाइ निर्घात कुटपिट गरिएको हो ।
सो दुर्घटना परी निधनप्रति भएका प्रति दुःख व्यक्त सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बलजब्ती बाहिर निकाली जंगलराजको शैलीमा निर्मम कुटपिटको निन्दा गरेका छन् ।
उनले सो घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन सहित नेपाल सरकारसंग जोडदार मागसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा वडा सदस्यबाट कुटिए प्रधानाध्यापक
कार्यपालिका बैठकमै कुटिए हाकिम जोशी र प्रवक्ता सिंह
सुन्धारामा स्वरोजगार मजदुरमाथि भएको कुटपिटमा काठमाडौँ महानगरले थाल्यो छानबिन
विद्यार्थीमाथि निर्घात कुटपिट
रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट