लुम्बिनी । लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
प्रदेश सरकारको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालू अधिवेशन अन्त्य गरेकाले प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा– कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल