परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, १० : ५०
परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद मंगलबार बिहान अमेरिका प्रस्थान गरेका छन् । बिहान ९ बजे कतार एयरवेजबाट परराष्ट्रमन्त्री साउद अमेरिका  प्रस्थान गरेका हुन् । शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

सो कार्यक्रम यही सेप्टेम्बर १४ मा हुँदैछ  । उनी सो कार्यक्रमपछि प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा सँगै रहने छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस