इमरान खान बने पाकिस्तानको प्रधानमन्त्री

एजेन्सी

शुक्रबार, ०१ भदौ २०७५, १८ : ५४
इमरान खान बने पाकिस्तानको प्रधानमन्त्री

काठमाडौं । पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका छन् । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन् । खान १७६ मतका साथ प्रधानमन्त्री चुनिए ।

शाहज शरीफले ९६ मत मात्र पाए । पाकिस्तान पिपुल्स लिग (पीपीपी)ले भने मतदान बहिस्कार गरेको छ । सभामुखले प्रधानमन्त्री निर्वाचनको मत परीणाम घोषणा गरेलगत्तै विपक्षी सांसदहरुले नाराबाजी गरेका छन् ।

क्रिकेटरबाट नेता बनेका ६५ वर्षीय इमरान खानको पार्टी गएको जुलाई २५ मा भएको संसदीय चुनावमा सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएको थियो । पीटीआईले ११६ सिटमा जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस