काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गरेको गर्दाको आफू प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएको बताए ।
लामिछानेले भने, ‘संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले, समीक्षकहरुले नेपालको खेलको प्रशंसा गरे । त्यस्तो क्षणको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको छ ।’ उनले अघिल्लो पुस्ताले नै अहिलेजस्तो खेल्ने सपना देखोको भन्दै त्यो सपना यो पुस्ताले पूरा गरेको बताए ।
लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने बताए । उनले भने, ‘हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्छौं ।’
क्रिकेट रंगशाला बनाउन लाग्नुपर्ने लामिछानेको भनाइ छ । ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
रवि र छविको मुद्दामा बहस सकियो, शुक्रबारै आदेश आउने
नाङ्गो भइसकेको तीनकुने घटनाझैँ सरकारले ममाथिको पर्साको मुद्दा लुकाएको भन्ठान्छ: रवि लामिछाने
सभामुखलाई रविले भने : मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्