प्रधानमन्त्रीको चीन भ्रमणमा कोरला नाका सञ्चालनका लागि छलफल हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०८०, १३ : १५
प्रधानमन्त्रीको चीन भ्रमणमा कोरला नाका सञ्चालनका लागि छलफल हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोरला नाका सञ्चालनका लागि चीनसँग छलफल हुने बताएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने उनको भनाइ छ ।

बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।‘कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले पहल गर्नेछ।,

’ उनले भने, ‘बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौं ।’सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस