नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, १५ : ३७
नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवन । चितवनमा हाल विद्यमान रगतको अभावलाई केही हदसम्म पुरा गर्ने हेतुले नारायणगढ रोटरी क्लब र नारायणगढ रोट¥याक्ट क्बलको संयुक्त आयोजनामा आज शहिदचोक, नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“रक्तदान, जीवनदान”भन्ने नारालाई आत्मसातगर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बाह्र महिला र अड्चालिस पुरुष गरी जम्मा साठी जनाले रक्तदान गरेको नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन रमेश पौडेलले बताउनुभयो । कार्यक्रममा रक्त सञ्चार केन्द्र, भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस