पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०७५, १९ : ०१
पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । हरेक सरकारले भएका सीईओलाई हटाउने र आफू निकटलाई ल्याउने गरेका छन् । यसले गर्दा प्राधिकरणले प्रभावकारी रुपमा काम भने गर्न सकेको छैन ।

यस अघि ओली सरकारमा हुँदा सीआईओमा नियुक्त भएका ज्ञवाली प्रचण्डको नेतृत्वमा सरकार बनेपछि हटाइएका थिए । ओली सरकारले ज्ञवालीलाई पुनः नियुक्त गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस