एनआईसी एशिया बैंकको तीन नयाँ शाखाहरु धादिङ्गको धार्के, महादेबबेशी र खानीखोलामा

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०७५, १८ : २९
एनआईसी एशिया बैंकको तीन नयाँ शाखाहरु धादिङ्गको धार्के, महादेबबेशी र खानीखोलामा

काठमाडौं । एन आई सी एशिया बैंकको ३ नयाँ शाखा कार्यालयहरु धादिडंको खानीखोला,  धार्के र महादेवबेशीमा संचालनमा आएको छ ।

बैंकले मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस