तनहुँ । करेन्ट लागेर तनहुँमा एकै दिन जना घाइते भएका छन्।
म्याग्दे गाउँपालिका–६ मनपाङ काल्टेमा बिजुलीको तार अचानक चुडिएर पानीमा करेन्ट प्रवहा हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
बाटोमा हिँडिरहेका स्थानीय ५० वर्षीय सीता गैरे र २५ वर्षीय सुमिना गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। घाइते दुवैको जिएसी हस्पिटल पोखरामा उपचार भइरहेको छ।
यस्तै, शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार ग्यास्लिङमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एक वृद्ध घाइते भएका छन्। स्थानीय ७३ वर्षीय जयराम पाण्डे घाइते भएका हुन्।
पाण्डेलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ। उनको पनि उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर दुई जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर मृत्यु हुने घटना बढेसँगै रौतहट प्रहरीद्वारा १० बुँदे सूचना जारी