विराटनगर। झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका- १ का ६६ वर्षीय ताराबहादुर विश्वकर्मालाई आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो । घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, इलामको माई नगरपालिका- ८ का ४६ वर्षीय मदनकुमार राई घरमा कोही नभएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
करेन्ट लागेर काठमाडौंमा एक जनाको मृत्यु