काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष (२०७४ ७५ मा) ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।
आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो ।
यो रकम अघिल्लो आर्थिक बर्ष २०७३ ७४ को भन्दा ४८ करोड कम हो । आजको कारोबारमा समाचार छ ।
आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चकालगायतको कारणले खुद नाफा घटेको हो ।
अघिल्लो आर्थिक बर्षमा पछिल्लो १७ बर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३० साउन २०७५, ०८ : २५
लेखकबाट थप