काठमाडौ । मुक्तिनाथ विकास बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले भदौ ७ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यस बैंकको केन्द्रीय कार्यालय, हात्तिसार, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता भाउ खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
यस संस्थापक सेयरको प्रतिकित्ता भाउ तोकिएको छैन । खरिदकर्ताले नै आफूले किन्न चाहेको कित्ता र भाउ खुलाएर बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश, देशभर विभिन्न कार्यक्रम
महिला उद्यमीका लागि मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम
मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच समझदारी
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘दीर्घायु पोखरा अस्पताल’मा विशेष छुट