मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच समझदारी

सफल खबर संवाददाता

बुधबार, ०५ भदौ २०८१, १५ : १४
मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच समझदारी

काठमाडौं। मुक्तिनाथ विकास बैंक र स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर ९ मा रहेको चापाकोट क्याम्पसबीच सम्झौता भएको छ ।सम्झौताअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नसिप गर्ने र बैंकिङ्ग करियरको लागि अवसर प्रदान गरिनेछ ।

उक्त समझदारी पत्रमा बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् ।चापाकोट क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप, वित्तीय साक्षरता कार्यक्रमलगायत करियर विकासका कार्यक्रमहरूमा बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही अवसर प्रदान गर्नेछ ।

समझदारी आगामी ५ वर्षसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रीय प्रमुख ढकालले बताए ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास चापाकोट शाखाका प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका प्रमुख नवीन काफ्ले, चापाकोट क्याम्पसका पूर्व अध्यक्षहरू हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारीहरू, प्राज्ञिक व्यत्तित्वहरू सीताराम गैरे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, प्रेमचन्द्र भट्टराई, उप प्राध्यापकहरू, शिक्षक, शिक्षिकाहरू, समाजसेवीलगायत वडा नम्बर ९ का अध्यक्ष कृष्ण सुवेदीलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

चापाकोट क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस