मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘दीर्घायु पोखरा अस्पताल’मा विशेष छुट

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १३ : २३
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘दीर्घायु पोखरा अस्पताल’मा विशेष छुट

काठमाडौं।  मुक्तिनाथ विकास बैंक लिमिटेड र दीर्घायु पोखरा अस्पतालबीच छुट सम्झौता भएको छ । आफ्नो ग्राहकहरूलाई थप सेवा दिन अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरिएको बैंकले जनाएको छ ।​​

सम्झौतापश्चात बैंकका ग्राहकहरूले ‘दीर्घायु पोखरा अस्पताल’को विभिन्न सेवाहरू जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधि, आदिमा विशेष २० प्रतिशतसम्म छुट  प्राप्त गर्न सक्नेछन् ।

 

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस