काठमाडौं । सरकारले जल तथा मौसम विज्ञान विभागलाई थप साधन स्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ । पछिल्ला दिनमा जल तथा मौसमको सूचना संकलनका लागि देशव्यापी रूपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको अवलोकन तथा निरीक्षणका लागि गएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विभागलाई थप साधन र स्रोतले सम्पन्न बनाउने र मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउने बताए ।
बढी तथा पहिरोको पूर्वानुमानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति रोकिएको र आम जनतामा थप सूचना प्रवाहका लागि विभागले गरिरहेको काम कारबाहीको मन्त्री बस्नेतले प्रशंसा गरे ।
हाल विभागले प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सम्बन्धित क्षेत्रको नदी तथा मौसमको सूचना प्रवाह गर्ने गरेको छ । यस्तै, बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई समेत छोटकरी सन्देश पठाउने गरेको छ । यसबाट जनधनको क्षति कम हुन सहयोग पुगेको छ ।
अतिवृष्टि, खण्डवृष्टि तथा खडेरी जस्ता समस्या बढ्दै गएको अवस्थामा त्यसबाट जोगिन पूर्व तयारी गर्नुपर्ने र यस्ता संस्थालाई थप सबल बनाउनुपर्ने भएकाले सरकार त्यसका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यले पाँच सात वर्ष पहिले मौसम पूर्वानुमान कमजोर भए पनि पछिल्ला दिनमा विश्वसनीय र भरपर्दो रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनका बद्लावहरुका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण : मन्त्री बस्नेत
एक महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संसद्मा पेस गर्छौ : मन्त्री बस्नेत
कार्यसम्पादनमा ढिलाइ भएका आयोजनाको लिखित जवाफ पेस गर्न मन्त्री बस्नेतको निर्देशन
१२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री बस्नेतको दावी
मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण गरियो : मन्त्री बस्नेत
स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन मन्त्री बस्नेतको निर्देशन