काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरूको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ । यसैगरी सङ्गठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ भने विभागका सदस्यमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् ।
सङ्घीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत तथा सदस्यमा शैलेन्द्र साह र सनबहादुर राई चयन भएका छन् । सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिषकुमार सुमन तथा सदस्यमा लक्ष्मण हुमागाईं र योगराज वनेम चयन भएका केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए ।
यसैगरी नवलकिशोर साहलाई आर्थिक विभागको सदस्यमा चयन गरिएको छ भने युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् । विभागको सदस्यमा विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् ।
महिला विभागमा लीला सिटौला, सदस्यमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव, किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा चयन भएका सो पार्टीले जनाएको छ ।केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनात्मक कारवाही फुकुवा गर्ने निर्णय गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो