काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान नलिने प्रपञ्च भएको भन्दै आपत्ति जनाएका छन् ।
गठबन्धनका नेताहरु बैठक बसेर कसैको बयान लिने/नलिने निर्णय गर्न नसक्ने उनले बताए । गठबन्धनका नेताहरु बसेर यो विषयमा छलफल गर्न पाउनुहुन्छ ?,’ आइतबार झापा शिवसताक्षीमा आयोजित कार्यक्रममा उनले भने, ‘म त भनिरहेको छु, कांग्रेसको बैठक होइन, गठबन्धनको बैठक लाइभ गर्नुपर्दछ । त्यहाँ के कुरा भयो देश र जनताले थाहा पाउनुपर्दछ ।’
बैठक हुनुअघि र पछि व्यक्त विचारमा फरक-फरक भाषा देखिने गरेको उनले बताए । नक्कली सुन प्रकरणको अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेका प्रहरी अधिकारीको सरुवाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । ‘सुशासनको काम गरिरहेको भनि प्रशंसा पाइरहेको बेलामा प्रहरी अधिकारीहरुको सरुवा भइरहेको सुनिरहेका छौं,’ थापाले भने । सुन काण्डमा राज्यले गरेको अनुसन्धान चित्त नबुझेको एमालेले भनिरहे पनि राज्य निकायहरु अनुसन्धान गर्न सक्षम रहेको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी