काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिवार काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताए । सिंहले पार्टीलाई विधिअनुसार चलाउन अघि बढ्नुपर्ने समेत बताए ।
‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु त छन् । तिनीहरुले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन्’ उनले भने, ‘कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कांग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ ? भन्ने कुरामा प्रश्न शुरु हुन्छ । त्यसैले हामीले गर्ने के हो भने पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्छ ।’
नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए । सिंहले भने, ‘अब त जमाना कस्तो भइसक्यो भने कांग्रेसको संगठनमा कांग्रेस भएर मात्रै पनि पुग्दैन ।
कांग्रेसको संगठन पनि राम्रो हुनुपर्छ । राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज दिनुपर्छ।’ नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे ।उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो कांग्रेस जरुरी छ : नेता सिंह
प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा
उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान
संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस पछि हट्दैन : नेता सिंह
जोशी कांग्रेसको इतिहासलाई जीवन्त राख्ने व्यक्ति हुनुहुन्थ्यो : प्रकाशमान सिंह
जिम्मेवारीबाट भागेर प्रवृत्तिबारे कांग्रेस सचेत हुनुपर्छ : नेता सिंह