काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को आँकडा अनुसार गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार ३५७ जना पुगेको हो । सङ्क्रमणबाट हालसम्म १० जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिएको छ ।
जसमध्ये सबै भन्दा धेरै सुनसरी जिल्लामा सङ्क्रमण पुष्टि भएको छ । सुनसरीमा ७ हजार ४४९ जनामा सङ्क्रमण पुष्टि हुँदा मोरङमा १ हजार ६७६ जनामा पुष्टि भएको छ । यस्तै, धादिङ जिल्लामा १ हजार ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१३, काठमाडौँमा १९९, सङ्खुवासभामा १७६, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा सङ्क्रमण पुष्टि भएको छ । यस प्रदेशमा १० हजार ८१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बागमती प्रदेशमा २ हजार ९ जनामा पुष्टि हुँदा गण्डकी प्रदेशमा ६०३ जनामा पुष्टि भएको छ । यस्तै क्रमशः सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेस प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर ३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
पाल्पामा ३९९ जनामा डेंगु संक्रमण
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
डेंगु संक्रमणबाटबाट एक शिक्षिकाको मृत्यु
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगु संक्रमण पुष्टि
पाल्पामा ७४ जनामा डेंगु संक्रमण