काठमाडौ । प्रहरीले भक्तपुरको चाँगुबाट ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ ।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट १५ लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।
प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँस्थित घरमा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताए ।
प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले कोठाबाट कलर प्रिन्टर १ थान, कम्प्युटर १ थान, मोबाइल १२ थान र ४ स्कुटर समेत बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ
असोज १३ देखि दशैका लागि सुकिला नोट साट्न पाइने
दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने
दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द