काठमाडौ । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन्। आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन्।
दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीले जानकारी दिए।
बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली छन्।
बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक जोशीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी गर्दै मौरडाका खेमराज
जंगली च्याउको तरकारी खाँदा एकैघरका ५ जना बिरामी
च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु
जंगली च्याउ खाँदा परिवारका एकजनाको मृत्यु, अन्य ४ को अवस्था गम्भीर
जंगली च्याउ खाँदा ५ जना बिरामी
विद्यालयमै च्याउ र तरकारी खेती, पढ्दै कमाउँदै विद्यार्थी