नवलपरासी । पूर्वी नवलपरासीमा जंगल च्याउको तरकारी पकाएर खाँदा एकैघरका पाँचजना बिरामी परेका छन् ।
शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका- २ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
शनिबार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन्।
खाना खाएर सुतेका उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ। बिरामी सबैको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ कार्तिक २०८१, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी गर्दै मौरडाका खेमराज
च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु
जंगली च्याउ खाँदा परिवारका एकजनाको मृत्यु, अन्य ४ को अवस्था गम्भीर
जंगली च्याउ खाँदा ५ जना बिरामी
विद्यालयमै च्याउ र तरकारी खेती, पढ्दै कमाउँदै विद्यार्थी