काभ्रे । काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ स्थानीय तहका सात जनामा डेंगु संक्रमित पुष्टि भएको जनाएको छ।कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक÷एक जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले बताए ।
उनका अनुसार संक्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन् ।काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेंगुबाट संक्रमित भइसकेका छन् । डेंगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ ।
हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ । डेंगुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर ३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
पाल्पामा ३९९ जनामा डेंगु संक्रमण
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
डेंगु संक्रमणबाटबाट एक शिक्षिकाको मृत्यु
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगु संक्रमण पुष्टि
पाल्पामा ७४ जनामा डेंगु संक्रमण