एजेन्सी। मित्र राष्ट्र बंगलादेशमा डेंगु संक्रमण भयावह बन्दै गएको छ ।शुक्रवार र शनिवार बेलुका सम्मको २४ घण्टा भित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ । करिव ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको जानकारी अनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६८० डेंगु बिरामीहरू अस्पतालमा भर्ना भएका छन् भने ढाका बाहिरका विभिन्न अस्पतालहरुमा ४ हजार ६५४ बिरामी उपचाररत छन् । डेंगु संक्रमणबाट यो वर्ष मात्र ३०३ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य विज्ञहरूले यो महिना र अर्को महिनामा डेंगुको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारका लामखुट्टे बिरुद्ध व्यापक अभियान चलाउन अधिकारीहरूलाई आग्रह गरेका छन् ।
बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरूले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुन्छ ।यस्तै विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ । एशियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ । नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर ३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
पाल्पामा ३९९ जनामा डेंगु संक्रमण
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
डेंगु संक्रमणबाटबाट एक शिक्षिकाको मृत्यु
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगु संक्रमण पुष्टि
पाल्पामा ७४ जनामा डेंगु संक्रमण