रुपन्देही । नेपाल पत्रकार महासङ्घ रुपन्देहीमा नयाँ सदस्यता वितरणप्रति असहमति जनाउँदै प्रेस चौतारीले ताला लगाएको छ ।पत्रकार महासङ्घले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आज महासङ्घको कार्यालयमा तालाबन्दी गरेको हो ।
महासङ्घको साउन ६ गते बसेको बैठकले ३० जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । उक्त निर्णयमा सच्चाउन माग गर्दै चौतारी लगायत संस्थाहरूले उजुरी दिँदा पनि महासङ्घ समस्या समाधानमा उदासीन भएकाले तालाबन्दी गर्नुपरेको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । सङ्गठनले उठाएका जायज मागहरू सम्बोधन नभएसम्म तालाबन्दी गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआइसि एसिया बैंकको पथरी शाखामा तालाबन्दी
दुधको अनुदान रोकिएको भन्दै किसानले गरे निर्देशनालयमा तालाबन्दी