न्युयोर्क । माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकामा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपीएफ)लाई सम्बोधन गरेका छन् । फोरममा संलग्न अल्पविकसित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा उनले राष्ट्रसङ्घले अघि सारेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताए । तर, त्यसका लागि आन्तरिक श्रोत मात्र पर्याप्त नभएकाले श्रोत उपलब्ध गराउन विकसित मुलुकहरूलाई अपिल गरे ।
दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक कानुन निर्माणका साथै सामाजिक र आर्थिक विकासका खाका तयार पारिए पनि ती कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक स्रोत साधन र क्षमताको सीमा रहेको उल्लेख गरे ।
सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषय नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध गरेको विश्व समुदायलाई जानकारी गराए । मौलिक हक कार्यान्वयनका लागि संसदले १६ वटा कानुनसमेत निर्माण गरिसकेको जानकारी उनले दिए ।
नेपालको सरकार संसद्प्रति जबाफदेही रहेको जानकारी दिँदै सापकोटाले नेपालको विकास प्रयासमा सघाउन विकास साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल पनि गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो । टोलीमा काँग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद सापकोटा, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड : माधव सापकोटा
कांग्रेस-एमाले गठबन्धनको धरातल प्रदेश सरकारमा उदांगो भयो : माधव सापकोटा
जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँः सांसद सापकोटा