काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
दलहरूबिच सहमति जुटे संसदबाट र सहमति जुट्न नसके जनतामाझ गएर राजनीतिक मुद्दा बनाई निर्वाचन प्रणाली सुधारमा जोड दिने उनको भनाइ छ । सापकोटाले माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको जिकिर गरे ।
उनले प्राप्त भइरहेका अधिकार कटौती गर्न माओवादी सहमत नरहेको तर अग्रगमनका लागि हुने संविधान संशोधनमा तयार नै रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले गठबन्धनको धरातल प्रदेश सरकारमा उदांगो भयो : माधव सापकोटा
जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँः सांसद सापकोटा