काठमाडौ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भई नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ।
विश्वविद्यालयले बुधबार सूचना प्रकाशन गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो।
नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशन गरिएको विश्वविद्यालयको भनाइ छ।
विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डिनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशन गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविले माग्यो ११ क्याम्पस प्रमुख (सूचनासहित)
तलब दिँदैनन् निजी क्याम्पस