देशकै ठूलो क्याम्पसको रूपमा रहेको पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियान (स्ववियु) निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ।
९ हजार २ सय ७० मतदातामध्ये २ हजार ८ सय ९७ जनालेमात्र मतदानमा सहभागिता जनाएको चुनावबाट अनेरास्ववियुका विष्णु पोखरेल १ हजार १ सय ५ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५ सय ३ मत प्राप्त गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार विप्लवी भट्टराईले ४ सय ६९ मतसहित पछ्याइन्।
सभापतिका लागि ८ जना चुनावी मैदानमा थिए। अखिल क्रान्तिकारीका नवीन अधिकारीले २ सय २३, संयुक्त प्यानलका सन्तोष पौडेलले १ सय ९६, अखिल छैठौँका मिलन सुनारले २८ मत ल्याए।
स्ववियु सचिवमा अनेरास्ववियुका विराट दुवाडी १ हजार ४ सय १३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६ सय २८ मत ल्याए।
अखिल क्रान्तिकारीका सचिवका उम्मेदवार मिराज थापा मगरले २ सय ९३ मत प्राप्त गरे। कोषाध्यक्षमा ए अनेरास्ववियुका सन्दिका गुरुङ १ हजार ३०४ मत ल्याउँदा प्रतिस्पर्धी नेविसंघकी अमिषा यादवले ६ सय ४७ मत ल्याइन्।
पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते बिथोलोएको चुनाव चैत १० गते गरिएको थियो।
मतपत्रमा प्रत्यक्षतर्फको दोस्रो कोलममा रहेको अखिल (छैठौँ) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने कोठा नै छुटेपछि चैत ५ गते मतदान प्रक्रिया नै रोकिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
पर्वतका दुईवटा सामुदायिक क्याम्पस गाभिए
त्रिविले माग्यो ११ क्याम्पस प्रमुख (सूचनासहित)