काठमाडौँ । शिक्षा राज्यमन्त्री प्रमिला यादवले स्वच्छ समाजमा मात्रै स्वस्थ्य नागरिकको कल्पना गर्न सकिने बताएकी छन् । स्वच्छ समाज बनाउनका लागि शिक्षाको विशेष भूमिका रहने उनको भनाइ छ ।
नेपाल चित्रगुप्त महिला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले विवाह र मृत्युभोजमा अनावश्यक खर्च हुने गरेको र त्यसले मान्छेको समाजिक व्ययभार बढ्ने गरेको बताइन् । त्यस प्रकारको खर्च कम गर्न उनले आह्वान गरिन् ।
राष्ट्रिय महिला आयोगकी सदस्य विद्या सिन्हाले हिंसा पीडितहरुका लागि ७७ जिल्लाको सरकारी अस्पतालमा उपचार, बस्ने खाने र कानूनी सहायताको व्यवस्था मिलाएको बताइन् ।पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकले संविधानमा लोक व्यवहार सम्बन्धी ऐन भएपनि उक्त विषयमा अहिलेसम्म कानून नबनेको बताए । जसका कारणले पीडितले न्याय नपाइरहेको उनको भनाइ छ ।
नेपाल चित्रगुप्त समितिको अध्यक्ष वीणा सिन्हाले देशको शिक्षामा सुधार भएपनि समाजमा जरा गाडेर बसेको विकृतिहरु अन्त्य हुन नसकेको बताइन् ।समाजलाई विकृति मुक्त गर्नका लागि कानून बनाएर र कडाइका साथ व्यवहारमा लागू गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १४ : २४
लेखकबाट थप