महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा ७० प्रतिशत रोपाइँ सकिएको छ ।
नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा बढी हुने गरेको छ । असारको तेस्रो साता आइपुग्दा कञ्चनपुर र कैलालीमा गरी ६५ प्रतिशत हाराहारी रोपाइँ सकिए पनि पूर्णरूपमा सकिन आगामी साउनको पहिलो सातासम्म लाग्ने बताइएको छ ।
कृषि विकास निर्देशनालयका सूचना अधिकृत केशवराज पाण्डेयले सुदूरपश्चिममा कुल एक लाख ७५ हजार सात सय ६३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको जानकारी दिए । उनले यहाँ हरेक आइतबार रोपाइँ प्रगति विवरण निर्देशनालयमा आउने गरेको बताए ।
यहाँ कैलालीमा सबैभन्दा बढी ६७ हजार चार सय ३६, कञ्चनपुरमा ४८ हजार चार सय ९६, अछाममा १६ हजार पाँच सय ९०, बैतडीमा नौ हजार र बाजुरामा छ हजार नौ सय १५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।
त्यस्तै बझाङमा १० हजार तीन सय हेक्टर, डोटीमा छ हजार चार सय २६, दार्चुलमा चार हजार चार सय ८० र डडेल्धुरामा छ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । यहाँ समयमा वर्षासँगै मलखाद उपलब्ध भए धानको उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले बताए ।
उनले कञ्चनपुरमा धानको उत्पादकत्व साढे तीन मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारीसमेत दिए । कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कुल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निमार्णाधीन अवस्थामा छ ।
यहाँ सङ्घ र प्रदेश सरकारका साथै स्थानीय तहले पनि धानखेती गर्ने किसानको सहजताका लागि कृषि औजार, सिँचाइ र धान पकेट क्षेत्रमा जोड दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ असार २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका पालिका तहका रिक्त यी ६ पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर
सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै
सुदूरपश्चिममा बढे औलो रोगका बिरामी