काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०७९ सालमा लिइएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि ४.० जीपीए ल्याएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।
०.८ देखि १.२ सम्म जीपीए ल्याउने २ हजार दुई सय विद्यार्थी रहेका छन् । यस्तै, ३८ हजार ७७० विद्यार्थीले १.२ देखि १.६ सम्म जीपीए ल्याएका छन् । १.६ देखि २ सम्म जीपीए ल्याउने ८८ हजार ४,४७, २ देखि २.४ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या १ लाख दुई हजार २९३ जना रहेका छन् ।
यसैगरी २.४ देखि २.८ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ८९ हजार तीन सय ३१ जना रहेको छ । ७२ हजार तीन सय ६२ जनाले २.८ देखि ३.२ सम्म जीपीए ल्याए। ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ सम्म जीपीए प्राप्त गरेको परीक्षा बोर्डले जनाएको छ।
यसपटक अंग्रेजी,गणित र विज्ञानमा स्तरीकृत प्रश्न सोधिएको थियो। गत चैत्र १७ गतेदेखि सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १५ : ३८
लेखकबाट थप