भरतपुर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको सहयोगार्थ रु १ संकलन अभियान सुरु गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रले पत्राचार गरेपछि अनेरास्ववियुले सहयोग संकलन अभियान सुरु गरेको हो ।
यो अभियान देशभरि नै सुरुआत भएको अनेरास्वविुका प्रवक्ता प्रकाश पौडेलले बताए । राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो ।
चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रुपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको छ । भारतमा उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेका थिए । सो खर्च भारत सरकारले व्यहोर्ने वा दिल्लीस्थित दूतावासमार्फत नेपाल सरकारले व्यहोर्ने भन्ने औपचारिक जानकारी सरकारले दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
प्रचण्डद्वारा अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन
अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा