जनकपुर । महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् ।
मंगलबार साँझ सामान्य विवादको क्रममा मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेको डीएसपी गिरीले बताए । यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।
गम्भीर घाइते उनलाई थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको छ । त्यसअघि उनलाई रामगोपालपुरकै जानकी एकेडेमीक हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि जनकपुर ल्याइएको हो ।
गोली प्रहार गर्ने मण्डल र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरेको डीएसपी गिरीले बताए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मापसे चेक गर्दा सर्लाहीमा जुलुस ! प्रहरीले चलायो गोली
हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु
सुनसरीमा प्रहरीले चलायो गोली
खोटाङमा मृग भनेर हानेको गोली साथीलाई लागेपछी....
सर्लाहीमा गोली चल्यो, एक महिलाको हत्या
अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु