काठमाडौं । नेपाल उद्योग परिसंघको नवनिर्वाचित पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीबीच भेटवार्ता गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरूले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायतका विषयमा छलफल गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्नुपर्ने आवश्यकता रहेको बताए । उनले कर्मचारीहरूको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने तर हालको अवस्थालाई मध्यनजर गरेर वृद्धि गरिनुपर्ने बताए ।
मन्त्रीद्वय शरतसिंह भण्डारी र अमनलाल मोदीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छाया शर्मा सहभागी थिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रमिकको परिवारलाई औषधि उपचार सुविधा
साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र
कोरियाले वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने
जुलाईदेखि आप्रवासी श्रमिकमा रोक लगाउने मलेसियाको निर्णय
भाषा र सीप नहुँदा ठगिँदै नेपाली श्रमिक