पहिरोको कारण विभिन्न पाँच स्थानमा सडक अवरोध

सफल खबर संवाददाता

मंगलबार, १९ असार २०८०, १३ : ३४
पहिरोको कारण विभिन्न पाँच स्थानमा सडक अवरोध

काठमाडौँ । अविरल वर्षाका कारण मंगलबार बिहान पहिरो जाँदा दाङ, मुस्ताङ, दार्चुला, दोलखा र मकवानपुर गरी पाँच ठाउँमा सडक अवरोध भएको छ । 

दाङको गढवा गाउँपालिका-१ धानखोलास्थित पुर्व-पश्चिम राजमार्ग, मुस्ताङ थासाङ गाउँपालिका-३ धम्पुस्थित बेनि-जोमसोम सडकखण्ड, दार्चुला शैल्यशिखर नगरपालिका-९ नक्तड तथा सोही नगरपालिका-६ पनेबांजस्थित गोकुलेश्वर-दार्चुला सडकखण्ड, दोलखा कालिञ्चोक गाउँपालिका-४ चप्लेटीस्थित चरिकोट सिंगटी सडक खण्ड र मकवानपुर ईन्द्रासरावर गाउँपालिका-५ स्थित महालक्ष्मीखोला चखेल देराली मातातिर्थ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरोध भएको हो । 

 

पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ ।     

प्रतिक्रिया दिनुहोस