चितवन । पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
गएराती १२ बजे देखि बन्द भएको सो सडक खण्डमा पहिरो पन्छाएपछि आज साँझ ५ः४५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यलय भरतपुर चितवनका इन्जिनियर सागर कार्कीले जानकारी दिए ।
करिव १८ घण्टा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् । रोकिएका सवारीसाधन गन्तव्यतर्फ जानका लागि प्रहरीले ब्यवस्थापन गरिरहेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्म दैनिक ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा, विस्फोट गर्नुपर्ने अवस्था टर्यो