चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडकखण्डमै आज बिहान बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर ०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।
मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्म दैनिक ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा, विस्फोट गर्नुपर्ने अवस्था टर्यो