न्युयोर्क । विश्वको अग्रणी प्रविधि कम्पनी एप्पलको बजार मूल्य अहिले तीन ट्रिलियन (तीन लाख करोड) डलर नाघेको छ । यसरी एप्पल बजार पुँजीकरण तीन ट्रिलियन डलरभन्दा बढी हुने विश्वको पहिलो कम्पनी बनेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार एप्पलको शेयरमा २.३ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार यसको मूल्य १९३.९७ डलर पुगेको थियो।
यो उछालका कारण एप्पलको बजार पुँजीकरण ३.०४ ट्रिलियन डलर नाघेको छ । भर्चुअल रियालिटीमा प्रयोग हुने नयाँ उत्पादन ‘भिजन प्रो’ पछिल्लो समय कम्पनीको सेयर मूल्य बढ्नुको कारण हो । यसअघि गत वर्ष जनवरीमा कम्पनीको मूल्य तीन खर्ब डलर नाघेको थियो ।
यद्यपि बजार बन्द हुँदा यो स्तर तल गएको थियो । त्यसपछि कम्पनीको सेयर निरन्तर ओरालो लागेको थियो । यस वर्षको सुरुमा एप्पलको बजार पुँजीकरण दुई ट्रिलियन डलरमा झरेको थियो । एप्पल कम्पनीको स्थापना अप्रिल १, १९७६ मा स्टीव वोज्नियाक र रोनाल्ड वेनले स्टिभ जब्सले गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइफोनमा डिलिट भइसकेको च्याट पढेर श्रीमतीले मागिन् सम्बन्धविच्छेद, अनि पर्यो एप्पलविरुद्ध मुद्दा