काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ । कलेजले बुधवारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो ।
विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उद्देश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए ।ल्याब सञ्चालनमा आएपछि विद्याथीहरूले अझै नयाँ–नयाँ कुराहरू सिक्न पाउने उनको विश्वास छ ।
साथै, कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा यो एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उनले बताए । ‘कलेजले अत्याधुनिक भिआर ल्याब सञ्चालनमा ल्याएकोले म धेरै खुशी छु । यस प्रकारका अत्याधुनिक ल्याबमार्फत विद्याथीहरूले डिजिटल युगको लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन् । गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता यस कार्यले पनि पुष्टि गरेको छ,’ सीईओ कँडेलले भने ।
कार्यक्रममा बोल्दै फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सन्जिव सुब्बाले विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए । ‘ब्रिटिश कलेजको आफ्नो पाठ्यक्रममा भिआर समावेशले उत्साहित बनाएको छ । कलेजले नयाँ प्रविधिलाई यसरी अँगाल्नुले टेक्नोलोजी क्षेत्रमा ठूलो कदम चालेको प्रष्ट हुन्छ’ उनले भने, ‘मलाई लाग्छ कि यो विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर हुनेछ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विकासका लागि सहयोग गर्नेछ ।’
भिआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरु जस्तैः भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लीकेशन, लगायत रहेका छन् । यी सफ्टवेयर तथा उपकरणहरुको प्रयोगबाट विद्यार्थीहरूले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्याउन सक्नेछन् ।
कलेजका उपप्रध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले भने, ‘ब्रिटिश कलेजमा अध्ययनरत विद्याथीहरूलाई अत्याधुनिक प्रविधिमार्फत अध्ययन गराइन्छ भन्ने यसले प्रष्ट गर्छ । भिआर ल्याब एउटा उदाहरणमात्र हो । कलेज भ्रमणका लागि उत्साहित सम्भावित विद्यार्थीहरूले यसको अनुभव लिन सक्नेछन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १६ : ४९
लेखकबाट थप