काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन्।
झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उनले देशभरका अस्पताल सुधारका क्षेत्रमा काम भइरहेको बताए। उनले कतिपय अस्पतालको स्तरोन्नति गर्नुपर्ने देखिएकाले त्यस्ता अस्पतालको पहिचान गर्दै सरकारले स्तरोन्नतिको काम थाल्ने बताए।
मन्त्री बस्नेतले आज मात्रै विराटनगरमा रहेको कोशी अस्पतालसहित पूर्वका अस्पताल र स्वास्थ्य संस्थाको निरीक्षण गरेका हुन्। सो क्रममा बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पतालको समेत निरीक्षण गरेका थिए। अस्पतालको निरीक्षणपछि निजी क्षेत्रबाट सञ्चालित यो अस्पतालले ग्रामीण क्षेत्रका नागरिकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रवाह गरिरहेको पाइएको उनले बताए।
अस्पतालले प्रवाह गरिरहेको सेवाका विषयमा अस्पतालका सुपरिटेण्डेन्ट डा अनिलकुमार बस्नेतले जानकारी गराएका थिएभने अस्पतालका निर्देशक आनन्द बस्नेतले अस्पतालका विषयमा जानकारी गराउका थिए। अस्पताल प्रशासक विनोद बस्नेतले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, प्रदेश सचिवलगायतले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी लिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ : मन्त्री बस्नेत
निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी : मन्त्री बस्नेत
जलवायु परिवर्तनका बद्लावहरुका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण : मन्त्री बस्नेत
एक महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संसद्मा पेस गर्छौ : मन्त्री बस्नेत