बैतडी । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन्।
बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तरक्रियात्मक कार्यक्रममा उनले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गरे।
उनले भने, ‘जनताको पक्षमा काम गर्न सक्ने पार्टी कांग्रेस नै हो। त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका लागि कांग्रेस बलियो हुनुपर्छ।’
कांग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाइ तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले कांग्रेस बलियो बनाउन लाग्नुपर्छ।’
अन्तक्रियामा नेपाली कांग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, पूर्वजिल्ला सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने छाैं: मन्त्री पाण्डे
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सम्भव छ : मन्त्री पाण्डे
देश विकास सरकारको प्रमुख लक्ष्य : मन्त्री पाण्डे
पर्यटन मन्त्री र बिम्स्टेक महासचिव भेटवार्ता
पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे
पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा छ : मन्त्री पाण्डे