बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, २० : १८
बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताएका छन । सिन्धुपाल्चोकको   बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभाको उद्घाटन समारा्हलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सबै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँनुहुँदै बजेट निर्माण र यसको कार्यान्वयनमा सजग हुनुपर्नेमा जोड दिए । “हामि जनताका सेवक भएकाले भ्रष्टाचार मुक्त समाज बनाउन सबै लाग्नु पर्छ, यसका लागि आफू सजग छु र अरूलाईसमेत सजग हुन आग्रह गर्दछु ” उनले बताए ।

संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ्य र शिक्षा जस्ता क्षेत्र सबै नागरिकमा सर्वसुलभ बनाउन आफू लागि परेको बताउनुहुँदै सबै नागरिकमा आधारभूत सेवाको प्रत्याभूति हुनेगरि काम गरिने बताए ।

कार्यक्रममा बोल्दै उनले विकास निर्माण र जनसेवामा राजनीति सकारात्मक हुनुपर्ने र निर्वाचनमा  पार्टी फरक भएर लागे पनि विकासमा एकै भएर काम गर्नुपर्नेमा उहाँले जोड दिए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसीना खड्का भण्डारीले प्राकृतिक सम्पदा संरक्षण गर्दै दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय अग्रसर रहेको बताउँदै योजनावद्धरूपमा कार्यान्वयनमा आफूले काम गर्ने बताए ।

त्यस्तै बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आफ्नो नगरपालिकाले किसान बिमा, माध्यमिक शिक्षा पुर्णरूपमा निशुल्क, एम्बुलेन्स तथा सव-वाहनसेवा जस्ता जनता सँग प्रत्यक्ष जोडिएका क्षेत्रमा काम गरिरहेको र नगरको बजेट यसकै वरिपरि रहने बताए ।

बाह्रबिसे नगरपालिकाले नगरसभामा आगामी आर्थिक बर्षका लागि ६० करोड २२ लाख एक सय ठढ बराबरको बजेट प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस